Live

मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा

बालेन साहको क्याबिनेटको बेष्ट पर्फरमेन्सर मिनिष्टरको रूपमा विज्ञापन गरिएकी प्रतिभा रावलका गतिविधिबाट कर्मचारीहरू सशंकित छन्

। एकातिर मन्त्रालयमा जरा गाडेर बसेकालाई छुन नसक्ने, अर्काेतिर एमाले र कांग्रेसनिकट भन्दै कर्मचारी खेद्ने क्रम जारी छ । हालै मात्र मन्त्रालयले २४ जना उपसचिवको सरुवा गर्दा निजामती ऐनविपरीत जीवनराज सेढाईंलाई अतिरिक्त समूहमा राखेलगत्तै उनले राजीनामा दिएका छन् ।

ऊर्जा जलश्रोत मन्त्रालयबाट पशुपति महतलाई एमाले, यसअघि रामेश्वर खनाल मन्त्री हुँदा उनको सचिवालयमा रहेका दीपक ढकाललाई कांग्रेसी ट्याग लगाउँदै जिसस काभ्रे, हरिप्रसाद चापागाईंलाई पूर्व एमालेको आरोप लगाउँदै मन्त्रालयबाट बाहिर पठाइएको छ । रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा बसेर सघाएका गोकर्ण उपाध्यायलाई कांग्रेसीको लेप लगाउँदै लम्कीचुहामा खटाइएको छ । यस्तै, उपसचिवहरू निर्मला न्यौपाने, माधवप्रसाद ढकाल, लेखनाथ न्यौपाने, नेत्र पौडेल, महेन्द्र बिक, अनुषा कोइराला, विवेक घिमिरेहरूलाई एमालेको लेपन लगाएर सरुवा गरिएको छ भने कांग्रेसी भएको आरोप लगाउँदै उत्तम घिमिरे, रमेश पाण्डेय, विगतमा बद्री पाण्डेको सचिवालयमा बसेका हिमाल गौतम र लीलाधर अवस्थीलाई सामान्यबाट लखेटिएको छ । यसरी भूमिको कर्मचारी सरुवामा दीपक बोहरा हावी हुने गरेको कर्मचारीहरू बताउँछन् ।

सहसचिव र सचिव तहका कर्मचारीको सरुवामा सुवास शर्माहरूको हस्तक्षेप चल्ने गरेको बताइन्छ भने सोभन्दा तल्ला तहका कर्मचारी सरुवामा उनै दीपकको हस्तक्षेप हुने गरेको सामान्यका कर्मचारीहरू बताउँछन् ।

(जनआस्था साप्ताहिकको साउन २० गते बुधबारको अंकमा प्रकाशित)

 

प्रतिकृया दिनुहोस