लम्कीमा पाँच लायन्स क्लबको सुखद कार्य: पीडित परिवारलाई खाद्यान्न र मन्दिरमा वृक्षारोपण
कैलालीको लम्की क्षेत्रमा क्रियाशील लायन्स क्लबहरूले संयुक्त रूपमा खाद्यान्न वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्।

लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ N, एरिया नं. ५ अन्तर्गतका पाँचवटा स्थानीय क्लबहरूको आयोजनामा बिहीबार भोकमरीविरुद्धको पहल' र 'एक लायन, एक फलफूलको बिरुवा अभियान' सञ्चालन गरिएको हो। संयुक्त अभियान अन्तर्गत लम्कीचुहा-१ भुरुवाकी क्यान्सर रोगका कारण मृत्यु भएकी धनी दमाईको परिवारलाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू वितरण गरिएको थियो।

आर्थिक रूपमा थला परेको उक्त विपन्न परिवारको राहतका लागि क्लबहरूले चामल, दाल, आलु र खानेतेल जस्ता खाद्यान्न सहयोग गरेका हुन्। यस्तै, पर्यावरण संरक्षणलाई टेवा पुर्याउने उद्देश्यले लमकीचुहा-१ लमकीमा अवस्थित चन्द्र मौलेश्वर मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ। मन्दिर वरपर हरियाली र धार्मिक वातावरणलाई थप स्वच्छ बनाउन क्लबका सदस्यहरूले आँप, अम्बा लगायतका विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू रोपेका हुन्।

कार्यक्रममा लायन्स डिस्ट्रिक्टका वरिष्ठ कार्यकारी प्रमुख ला० सरोजकुमार शाह, डिस्ट्रिक्ट प्रमुख ला० देवकी डाँगी, क्षेत्रीय अध्यक्ष ला० लक्ष्मण प्रसाद रेग्मी र डिस्ट्रिक्ट अध्यक्ष ला० बल बहादुर थापाको उपस्थिति थियो।

त्यसैगरी, आयोजक क्लबका अध्यक्षहरू क्रमशः ला० मोहन बुढाथाकी, ला० जयन्ती बि.सी., ला० बम बहादुर शाही, ला० राज बहादुर थापा र ला० यशोदा सिंह शाहसहित स्थानीय प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो।

एकै ठाउँका पाँचवटा क्लबहरू मिलेर पीडित परिवारलाई मलम लगाउने र धार्मिक क्षेत्रमा हरियाली प्रवर्द्धन गर्ने गरी गरेको यो संयुक्त सामाजिक कार्यको स्थानीय स्तरमा निकै प्रशंसा गरिएको छ।


भर्खरै
मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा
भदौदेखि शिक्षक महासंघ पुनः आन्दोलनमा उत्रने
लम्कीमा पाँच लायन्स क्लबको सुखद कार्य: पीडित परिवारलाई खाद्यान्न र मन्दिरमा वृक्षारोपण
वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा लम्कीचुहा तेस्रो स्थानमा
ओलीको गठबन्धन प्रस्ताव प्रचण्ड-माधव द्वारा अस्विकार
नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज
बल्चौर सहकारीको साधारण सभा सम्पन्न : शेयर पूँजी ४० लाख पुग्यो




प्रतिकृया दिनुहोस