Live

वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा लम्कीचुहा तेस्रो स्थानमा

लम्कीचुहा नगरपालिका कार्यसम्पादन मुल्यांकनमा कैलालीका १३ पालिका मध्य तेस्रो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मुल्यांकनमा तेस्रो बनेको हो । 

लम्कीचुहा नगरपालिका ५६.८७ अंक पांउदै जिल्लामा तेस्रो स्थान हांसिल गरेको हो । पहिलो स्थानमा कैलालीको गोदावरी नगरपालिका छ । उसले ६३.३३ अंक प्राप्त गरेकोछ । दोस्रो स्थानमा रहेको जानकी गाउँपालिकाले ६२.०३ अंक प्राप्त गरेको छ । जिल्लाभर सबै भन्दा कम्जोर कैलारी गाउँपालिकाले ४४.१९ अंक प्राप्त गरेको छ । यस्तै अन्य पालिका हरु क्रमसः मोहन्याल गाउँपालिकाले ५४.५५,चुरे गाउँपालिकाले ५१.९४,गौरिगंगा नगरपालिकाले ५६.२६,घोडाघोडी नगरपालिकाले ५१.७३,बर्दगोरिया गाउँपालिकाले ५२.७२,जोशीपुर गाउँपालिकाले ४९.५०,टिकापुर नगरपालिकाले ४६.७० र भजनी नगरपालिकाले ५०.१४ अंक प्राप्त गरेकाछन् । 

आयोगका अनुसार यो अंकमा चित्त नबुझे आयोगमा आधार प्रमाण सहित पुनरावलोकनका लागि निवेदन दिन सकिन्छ । यस्तो मुल्यांकन आगामि आर्थिक बर्ष २०८३/८४ को बजेटमा वित्तिय समानिकरण अनुदान सिफारिस गर्दा लिईने आधार मध्य एक आधारका रुपमा प्रयोग हुन्छ । धेरै अंक ल्याउने पालिकाले बढी अनुदान पाउने गर्छन । 

आयोगले पालिकाका हकमा कुल १७  सुचक आधार मानेर अंक दिने गर्छ । पहिलो सुचकका रुपमा असार १० गते भित्र आ.ब. २०८२/८३ को राजस्व र ब्ययको अनुमान सम्बन्धीत सभामा पेश गरेको नगरेको लाई लिईएको छ । 

 

प्रतिकृया दिनुहोस