Live

नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचन अधिकृतको कार्यालयले मंगलबार उनको उम्मेदवारी बदर गर्ने निर्णय गरेको हो। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय काटेका र पछि राष्ट्रपतिबाट आममाफी पाएका चौधरीको उम्मेदवारीका विरुद्धमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले कानुनी प्रावधानलाई टेक्दै यस्तो फैसला सुनाएको हो।

प्रतिकृया दिनुहोस