आनन्द साहको शव धनुषा ल्याइयो
जनकपुरधाम, १८ कात्तिक । गत ७ अक्टोबरमा प्यालेस्टाइनका चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाका आनन्द साहको शव घर ल्याइएको छ
_Klyr2aM74g.jpg)
नेपाली सेनाले आफ्नो विशेष विमानबाट शनिबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा रहेको उनको घरमा ल्याइ दिएको छ ।
विमानबाट शनिबार अपराह्न साढे ५ बजे जनकपुरधाम विमानस्थलमा उनको शव ल्याइएको थियो । विमानस्थलबाट नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर पुर्याएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टिकापुरको टिकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढेका आनन्द गत भदौमा अभ्यासका लागि इजरायल पुगेका थिए । शनिबार राति नै आनन्दको दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
गत १३ कात्तिकमा मात्रै परराष्ट्र मन्त्रालयले आनन्दको शव पहिचान भएको बताएको थियो ।
भर्खरै
मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा
भदौदेखि शिक्षक महासंघ पुनः आन्दोलनमा उत्रने
लम्कीमा पाँच लायन्स क्लबको सुखद कार्य: पीडित परिवारलाई खाद्यान्न र मन्दिरमा वृक्षारोपण
वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा लम्कीचुहा तेस्रो स्थानमा
ओलीको गठबन्धन प्रस्ताव प्रचण्ड-माधव द्वारा अस्विकार
नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज
बल्चौर सहकारीको साधारण सभा सम्पन्न : शेयर पूँजी ४० लाख पुग्यो



प्रतिकृया दिनुहोस