हिन्दु र मुस्लिमबीच जातीय दंगा फैलाउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्री यादवको चेतावनी
जनकपुरधाम/भदौ २७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू र मुस्लिमबीच जातीय दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् ।
मंगलबार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै उनले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका हुन् ।
‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन्, गोलीले ठोक्न सुरु भइहाल्छ । यो प्रदेशमा कुनै किसिमको दंगा हुनु हुँदैन्’,मुख्यमन्त्री यादवले भने ।
उनले बिहारमा जस्तै मधेशमा उर्दु पढाई हुने सरकारी विद्यालय स्थापना गर्ने उद्घोष गरे । ‘बिहारमा उर्दु विद्यालय हेरेको छु । नेपालमा छैन । तर मधेशबाट सुरुवात गर्छौं’, उनले भने ।
हिन्दू मुस्लिमलाई लडाएर संघीयता खारेज षड्यन्त्र भइरहेको भन्दै उनले सचेत हुन आग्रह समेत गरेका थिए ।टुडेपाटी
भर्खरै
मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा
भदौदेखि शिक्षक महासंघ पुनः आन्दोलनमा उत्रने
लम्कीमा पाँच लायन्स क्लबको सुखद कार्य: पीडित परिवारलाई खाद्यान्न र मन्दिरमा वृक्षारोपण
वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा लम्कीचुहा तेस्रो स्थानमा
ओलीको गठबन्धन प्रस्ताव प्रचण्ड-माधव द्वारा अस्विकार
नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज
बल्चौर सहकारीको साधारण सभा सम्पन्न : शेयर पूँजी ४० लाख पुग्यो



प्रतिकृया दिनुहोस