Live

जाजरकोट भूकम्पमा परी घाइते भएकाकाे उद्धार र राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन

१८ कात्तिक, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइतेहरूको तत्काल उद्धार र राहतका लागि तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्‍यक्त गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले घाइतेहरूको उद्धार र राहतका लागि निर्देशन दिएका हुन् । Onlinekhabar 

प्रतिकृया दिनुहोस