मन्त्री रामसरोज यादवले वृक्षारोपण गरि आफनो जन्मोत्सव मनाए
नेपाली कांग्रेसका नेता प्रदेश सांसद तथा पुर्व मधेश प्रदेश सरकारका मन्त्री रामसरोज यादवले वृक्षारोपण गरि आफनो जन्मोत्सव मनाएको छ । जनकपुरधाम वडा नं. ८ का युवा नेता दिपक ठाकुरको पहलमा एक विद्यालयमा रुद्राक्ष, अमला, निम सहितका वृक्षहरुको रोपेर उनले जन्मदिन मनाएका छन् ।
मोर्डन नेपाल अंग्रेजी आवासीय विद्यालयका विद्यार्थी, अभिभावक र सञ्चालकहरु, पार्टीका नेताहरुसंग नेता यादवले जन्म दिन मनाएका हुन । पर्यावरणको रक्षा र वातावरण सन्तुलन मात्र नभई मानव जिवनको रक्षाका लागि पनि वृक्षारोपण अपरिहार्य रहेकाले सबैले आफनो जन्म दिनमा कम्तिमा एक वृक्ष रोप्ने र त्यसलाई हुर्काउने प्रण गर्नु पर्ने उनको भनाई थियो ।

सो अवसरमा कांग्रेस मधेश प्रदेशका सदस्य जिवनाथ चौधरी, रामानन्द युवा क्लवका पदाधिकारीहरु सहित कांग्रेसका युवा नेताहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा केक काटेर शुभकामना र बधाई ज्ञापन गरिएको थियो ।
भर्खरै
मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा
भदौदेखि शिक्षक महासंघ पुनः आन्दोलनमा उत्रने
लम्कीमा पाँच लायन्स क्लबको सुखद कार्य: पीडित परिवारलाई खाद्यान्न र मन्दिरमा वृक्षारोपण
वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा लम्कीचुहा तेस्रो स्थानमा
ओलीको गठबन्धन प्रस्ताव प्रचण्ड-माधव द्वारा अस्विकार
नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज
बल्चौर सहकारीको साधारण सभा सम्पन्न : शेयर पूँजी ४० लाख पुग्यो




प्रतिकृया दिनुहोस