संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।
निवासमै हृदयघात भएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा बाटोमै निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता नेम्वाङको निधन भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
२००९ साल फागुन २८ गते मा इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ सरल र बौद्धिक राजनीतिज्ञका रुपमा परिचित थिए ।
स्वर्गीय नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने
सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले केहीबेरमा ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।
इलाम- १ का सांसद महेश बस्नेतका अनुसार नेम्वाङको पार्थिव शरीर आज र भोलि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार गरिने छ ।
भर्खरै
मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा
भदौदेखि शिक्षक महासंघ पुनः आन्दोलनमा उत्रने
लम्कीमा पाँच लायन्स क्लबको सुखद कार्य: पीडित परिवारलाई खाद्यान्न र मन्दिरमा वृक्षारोपण
वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा लम्कीचुहा तेस्रो स्थानमा
ओलीको गठबन्धन प्रस्ताव प्रचण्ड-माधव द्वारा अस्विकार
नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज
बल्चौर सहकारीको साधारण सभा सम्पन्न : शेयर पूँजी ४० लाख पुग्यो




प्रतिकृया दिनुहोस