माघ दोस्रो सत्तादेखि अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने
जनकपुरधाम । जनकपुरधाममा माघ दोस्रो सात्तादेखि दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
जनकपुर स्पोर्टस् क्लव र नेपाल भिजनको आयोजनामा माघ १२ गतेदेखि बाह्रविघा मैदानमा प्रतियोगिता हुन लागेको हो । अन्तर्राष्ट्रिय मान्यता अनुसार प्रतियोगिता हुने संयोजक अम्भुप्रसाद साहले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितामा धनुषा जिल्लाको सरकारी तथा नीजि विद्यालयहरुको सहभागिता रहनेछन् । स्थानिय स्त्तरबाट खेलाडी उत्पदान गर्ने उद्देश्यले प्रत्येक वर्ष प्रतियोगिता गराउन लागेको उनले बताए । यसले खेल र खेलाडीको विकासमा मद्दत पुग्ने उनको विश्वास छ । प्रतियोगितामा उतकृष्ट प्रर्दशन गर्ने खेलाडीहरुको टिम बनाएर नियमित (शनिवार) अभ्यास खेल खेलाइने संयोजक साहले जानकारी दिए ।
यसअघि भएको प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु नियमित अभ्यास गरिरहेका छन् । प्रतियोगिताको विजेता÷उपविजेता टिमलाई आकर्षक ट्रफी दिइने उनले आयोजक संस्थाका अर्का प्रतिनिधि प्रसान्त झाले जानकारी दिए । उनका अनुसार म्यान अफ द सिरिज, इर्मजिङ प्लेयर, बेस्ट बलर÷ब्याटस् म्यान÷बेस्ट किपर÷बेस्ट फिलडर र म्यान अफ दी म्याच दिएर खेलाडीहरुलाई प्रोत्साहन गरिने छन् । प्रतियोगिताको निर्देशक हिरा भगत छन् । उनी मधेश प्रदेश क्रिकेट संघका निर्वतमान अध्यक्षसमेत हुन् ।
आयोजक संस्थाले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनी बाहिर भएको कारण अनउपस्थित थिए । गत वर्ष यो प्रतियोगिताको उपाधि गोगल प्रसाद उच्च मावि जितेका थिए । मंगलबार नै धनुषाको क्रिकेट टिम प्रधानमन्त्री कप छनौट प्रतियोगिता खेल्न पर्सा गएको छ । हरिशंकर साहको नेतृत्वमा गएको टिम पहिलो म्याच पर्सासंग खेल्नेछन् । पछिल्लो समय जनकपुरधाममा पुनः खेल क्रेज बढ्दै गएको छ । नियमित प्रतियोगिता र अभ्यासहरु भइरहेका छन् । अभिभावकहरुको पनि रुची र लगानी बढेको देखिन्छ । तर, सरकारले संतोषजनक लगानी नगरेको खेलमा आवद्ध युवाहरुको गुनासो छ ।
भर्खरै
मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा
भदौदेखि शिक्षक महासंघ पुनः आन्दोलनमा उत्रने
लम्कीमा पाँच लायन्स क्लबको सुखद कार्य: पीडित परिवारलाई खाद्यान्न र मन्दिरमा वृक्षारोपण
वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा लम्कीचुहा तेस्रो स्थानमा
ओलीको गठबन्धन प्रस्ताव प्रचण्ड-माधव द्वारा अस्विकार
नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज
बल्चौर सहकारीको साधारण सभा सम्पन्न : शेयर पूँजी ४० लाख पुग्यो
.jpeg)



प्रतिकृया दिनुहोस