गएको आर्थिक वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा ७६ प्रतिशतले कमी
काठमाण्डाै - पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ठूलो परिमाणमा कमी आएको छ । गएको आर्थिक वर्ष २०७९/८० मा नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ७६ प्रतिशतले कमी आएको हो ।
सरकारले आयातमा गरेको कडाइ, तरलता अभाव, आर्थिक मन्दी र विद्युतीय गाडीमा भएको आकर्षणका कारण पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ७६ दशमलव १४ प्रतिशतले कमी आएको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालले १५ अर्ब ९७ करोड रुपैयाँ तिरेर १५ हजार ६ सय १० वटा पेट्रोलियम पदार्थबाट गाडी आयात गरेकोमा गएको आर्थिक वर्ष २०७९/८० मा भने तीन हजार ७ सय २५ वटा गाडी आयात भएको छ ।
गएको वर्ष जम्मा पाँच अर्ब ५७ करोड रुपैयाँका मात्रै गाडी आएका छन् । तर विद्युतीय गाडीको आयात भने निकै बढेको छ । गएको आर्थिक वर्षमा चार हजार ५० वटा विद्युतीय गाडी आयात भएका छन् ।
यी गाडीको मूल्य ११ अर्ब ८४ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने जम्मा १८ सय पाँच वटा मात्रै विद्युतीय गाडी आयात भएका थिए ।
भर्खरै
मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा
भदौदेखि शिक्षक महासंघ पुनः आन्दोलनमा उत्रने
लम्कीमा पाँच लायन्स क्लबको सुखद कार्य: पीडित परिवारलाई खाद्यान्न र मन्दिरमा वृक्षारोपण
वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा लम्कीचुहा तेस्रो स्थानमा
ओलीको गठबन्धन प्रस्ताव प्रचण्ड-माधव द्वारा अस्विकार
नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज
बल्चौर सहकारीको साधारण सभा सम्पन्न : शेयर पूँजी ४० लाख पुग्यो



प्रतिकृया दिनुहोस