बेङलोर लगाएत भारतमा रहेका नेपालीलाई प्रवासी नेपाली संघको अनुरोध
आदरणीय भारत एवं बैंगलोर बासी नेपाली जनसमुदाय हरु नमस्कार अभिवादन !
हामी हाम्रो देश भित्र प्रयाप्त मात्रामा रोजगारी सिर्जना नभएको ले राज्य द्वारा खेदिएका "हुदा खाने , नहुदा भोकै पनि बस्ने" श्रमजीवी प्रवासी नेपाली हरु हौँ । तपाईं हामी साझ बिहान को दुई छाक को जोहो गर्दै मानिसको जीवनको सामान्य आवश्यकता गास , बास र कपास को समस्या ले सिमा पार गर्दै गर्दा मन भारी बनाउदै अनगिन्ती सपनाको भारी बोकेर नचाहँदा नचाहँदै घर परिवार , गाउँ समाज र मातृभूमि लाई छोडेर हाम्रा सामान्य आधारभूत आवश्यकता पुरा गर्न भारत प्रवासमा आएका छौँ । हामी सबैको एउटै उदेश्य श्रम द्वारा पैसा कमाउने र हाम्रा पारिवारिक आवश्यकता हरु पुरा गर्ने प्रयत्न गर्नु नै हो तर विगत केही वर्षदेखि बैंगलोर मा नेपाली हरुको केही अराजक , अभद्र झुन्डहरु द्वारा भइरहेका सभ्य समाजलाई अपाच्य हुने गतिविधिहरु चोरी , डकैती , लुटपाट , सार्वजनिक स्थानमा मदिरा सेवन गरि झैझगडा कुटपिट , क्षमता भन्दा धेरै मदिरा सेवन गरि सवारीसाधन चलाउदा भएका सडक दुर्घटनाहरु , लैङ्गकि हिंसा , विभिन्न असामाजिक क्रियाकलापहरु जे जति भइरहेका छन् , यस प्रकारका घटनाक्रमले गर्दा आम श्रमजीवी नेपाली जनसमुदाय हरुले अनावश्यक मानसिक , शारीरिक यातना , दु:ख कष्ट र अविश्वासको सामना गरिरहनु परेको छ जब हामीले भारत को भूमिमा पाइला टेक्दै गर्दा देखेका अनगिन्ती सपना र घरपरिवार लाई बिर्सिन थाल्छौं तब माथि उल्लेखित विभिन्न प्रकारका असामाजिक क्रियाकलापमा नेपाली हरु संलग्न हुन पुग्छन् , हो समस्या त्यहीँ बाट सुरु भएको छ । त्यसकारण हामीले नेपाल को सिमा पार गर्दै गर्दा देखेका अनगिन्ती सपनाहरू र जिम्मेवारी लाई नबिर्सिन हुन सम्पूर्ण मा हार्दिक अनुरोध गर्दछु अर्को महत्त्वपूर्ण कुरा भारत को बैंगलोर मा प्रवासी नेपाली समुदाय हरुका विभिन्न संघ संस्था हरु छन् , संगठन हरु छन् सिमित रुपमा मात्रै प्रवासी नेपाली हरु ती संगठनहरू मा संगठित भएको पाइन्छ भने नेपाली हरुको ठूलो तप्का अहिले पनि असंगठित छन् । सबै संगठनहरू को प्रयत्न धेरै भन्दा धेरै नेपाली हरुलाई संगठित गर्दै समाजिक चेतनाको विकास गराउदै , अनेकौं असामाजिक क्रियाकलाप मा संलग्न हुनबाट रोक्ने , हामीले नेपाल को सिमा पार गर्दै गर्दा देखेका अनगिन्ती सपनाहरु प्रतिको कर्तव्यबोध गराई राख्नु र सामाजिक सांस्कृतिक सद्भाव मा प्रतिबद्ध बनाउदै सभ्य समाज निर्माण तथा भाइचारा कायम राख्नु नै हुन्छ अहिले जे जति पनि घटनाहरु भइरहेका छन् , कुनै पनि संगठनमा संगठित भएका नेपाली जनसमुदायहरु बाट भएको पाइदैन यसबाट के पुष्टि हुन्छ भने कुनै पनि संगठनमा संगठित भएको व्यक्ति असामाजिक क्रियाकलाप मा लाग्दैन , उसले समाजलाई अपाच्य हुने कुनै पनि गतिविधि गर्दैन र उसलाई सामाजिक चेतनाको विकास गराउन संगठनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ तसर्थ अहिले जे जति पनि असामाजिक क्रियाकलापहरु भइरहेका छन् , यी घटनाक्रम मा कुनै पनि संगठनमा संलग्न भएको व्यक्ति पाइदैन र असंगठित व्यक्तिहरु बाटै यस प्रकारका गतिविधि हरु भइरहेको हुदा बैंगलोर स्थित आम नेपाली जनसमुदाय हरुलाई म प्रवासी नेपाली संघ भारत को झण्डा मुनी गोलबद्ध हुन हार्दिक अनुरोध गर्दछु यदि प्रवासी नेपाली संघ भारत मै संगठित हुन सक्नु हुन्न भने पनि कुनै न कुनै संगठनमा संगठित हुनु हुन पुनः हार्दिक अनुरोध गर्दछु , तर असंगठित भएर नबस्नुस् है साथसाथै बैंगलोरमा पटकपटक भइरहेका घटनाक्रम हरु लाई न्यूनीकरण गर्न अन्तरक्रिया , सचेतनामुलक संयुक्त कार्यक्रम को योजना बनाउन सहकार्य गर्ने प्रतिबद्धता सहित बैंगलोर स्थित सम्पूर्ण भाइचारा संघ संस्था अथवा संगठनका आदरणीय जिम्मेवार मित्रहरु संग अपील गर्दछु सचेत जनसमुदायहरु जो असंगठित भएर बस्नु भएको छ तपाईं हरु सम्पूर्ण लाई अनुरोध ! भारत सरकार को मूल कानुन लाई सहर्ष स्वीकार्दै , भारत सरकारको मूल कानुन विपरीत नहुने गरि नेपाली जनसमुदाय हरुको बिचमा सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै भईपरी आउने हरेक समस्याहरु लाई सामुहिक रुपमा समाधान गर्ने प्रयत्न गर्न संगठनहरू को निर्माण भएको छ मलाई लाग्छ भारतमा भएका जति पनि सामाजिक संगठनहरू छन् , सबैको मूल उदेश्य एउटै हुन्छ र हुनुपर्दछ किनकि कानुनतः भारतमा बसेर नेपाल को राजनीतिक दल , आस्था र बिचार सम्बन्धि प्रवासी नेपाली जनसमुदाय हरु संग सार्वजनिक रुपमा छलफल , अन्तरक्रिया , प्रचारप्रसार गर्ने अधिकार भारत स्थित कुनै पनि प्रवासी नेपाली संघ संस्था हरुलाई हुदैन यदि हामी कुनै पनि भारत स्थित संघ संस्था हरुले नेपाल का राजनीतिक दलहरु संग सम्बन्धित नीतिगत , बैचारिक र राजनीतिक गतिविधि हरु लिएर प्रवासी नेपाली जनसमुदायहरु समक्ष जाने गरेका छौँ भने निश्चितरूपमा त्यो भारतको कानुन सम्मत हुदैन र त्यसले कुनै पनि अवस्थामा समस्या सृजना गर्न सक्छ तसर्थ आ आफ्नो राजनीतिक दृष्टिकोण र बिचारलाई पर राखेर भारत स्थित नेपाली समुदायका जुनसुकै भए पनि वैधानिक संगठनमा संगठित हुदै असामाजिक क्रियाकलापमा संलग्न भइरहेको तप्कामा सामाजिक चेतना र हामी प्रवासी नेपाली हरुको मूल उदेश्य र कर्तव्यबोध को ध्यानाकर्षण गर्न सक्यौं भने पनि केही हदसम्म यी यावत समस्या हरु बाट मुक्ति पाउन सकिनेछ तसर्थ सचेत नागरिक जो असंगठित भएर बस्नु भएको छ कुनै न कुनै वैधानिक सामाजिक संगठनमा संगठित हुन सम्पूर्ण मा हार्दिक अनुरोध गर्दछु
तिलकराज कडेल
प्रवासी नेपाली संघ भारत
केन्द्रीय सचिवालय सदस्य एवं कर्नाटक - केरला संयुक्त राज्य समिति इन्चार्ज
भर्खरै
मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा
भदौदेखि शिक्षक महासंघ पुनः आन्दोलनमा उत्रने
लम्कीमा पाँच लायन्स क्लबको सुखद कार्य: पीडित परिवारलाई खाद्यान्न र मन्दिरमा वृक्षारोपण
वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा लम्कीचुहा तेस्रो स्थानमा
ओलीको गठबन्धन प्रस्ताव प्रचण्ड-माधव द्वारा अस्विकार
नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज
बल्चौर सहकारीको साधारण सभा सम्पन्न : शेयर पूँजी ४० लाख पुग्यो


प्रतिकृया दिनुहोस